ब्यापारी हिरालाल शाहलाई कारबाही गर्न प्रशासनले पत्र पठायो

31
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२६-

गत साउन १२ गते जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको बजार अनुगमनको क्रममा हेटौँडा ४ स्कुलरोडमा किराना पसल तथा मिनि डिपाटमेन्टल स्टोर सञ्चालन गर्दै आएका हिरालाल शाहाले कालोबजारी गरेको पाइएपछि उनलाई कारबाही गर्नको लागि पत्रचार गरिएको छ ।

हिरालाल शाहको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा म्याद नाघेको सामाग्री तथा कम तौलको चामलको बोराहरु पाइएपछि खाद्य तथा गुण नियन्त्रणको कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई कारबाहीको लागि लिखित निवेदन दर्ता गराएको थियो ।  घरेलु तथा साना उद्योग कार्यालय हेटौँडा तथा खाद्य तथा गुण नियन्त्रणको कार्यालयले दिएको प्रतिवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउनको लागि पत्रचार गरेको छ । पत्रचारको विषयमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा निमित्त प्रहरी प्रमुख बामदेव गौतमले आफुहरुलाई पत्र आएको र कारबाही के मा गर्ने भन्ने विषय नखुलेको कारण आफुहरु कानुनी उपचारको लागि अधिवत्ताको सहयोग लिनको लागि पत्रचार गरेको र भोलीसम्ममा के विषयमा कारबाही गर्ने भन्ने टुंगोमा पुग्ने बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here