ब्राजिलको फुटबल क्लबका खेलाडसहित ७२ जना यात्रु रहेको जहाज दुर्घटना

43
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१४ –

ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु रहेको जहाज कोलम्बियामा दुर्घटना भएको छ । कोलम्बियाको मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापोकोएन्सेका सदस्यसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो । बोलिभियाबाट उडेको चाटर्ड जहाज दुर्घटनामा परेको हो । टिमले साउथ अमेरिकी क्लब कपको फाइनलमा मेडेल्लिनको टिम एथ्लेटिको नासिओनालसँग खेल्न बाँकी थियो । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको छ । पहाडी क्षेत्रमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ११ बजे जहाज दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । केही मानिस बाँचेको हुन सक्ने अनुमान छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here