भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

67
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १० – भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ । ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने औसीर तामाङको ज्यान गएको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताउनुभयो । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि उछिट्टिएर रोकिराखेको अगाडिको बसमा ठोक्किई गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको खनालले बताउनुभयो । स्कुटर चालक धादिङकै राम बहादुर तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक काभे्रे घर भएका आनन्द खड्कालाई प्रहरीले काठमाडांै कोटेश्वरबाट  नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here