भक्तपुरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

38
Want create site? Find Free WordPress Themes and plugins.

असोज २० – भक्तपुरको लोकन्थलीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा भक्तपुरकी ४९ वर्षकी इन्दिरा विजुक्छें रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रिपर चालक भागेका कारण उनलाई पक्राउ गर्न माग गर्दै स्थानीय बासिन्दाले केहिबेर सडकमा प्रदर्शन गरेका थिए । अहिले भने सडक खुलिसकेको छ । घाइतेको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here