भक्तपुरमा स्क्रब टाइफसका बिरामी भेटिए

156
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १६ – भक्तपुरमा स्क्रब टाइफसका नयाँ बिरामी भेटिएको छन् । भक्तपुर जिल्ला अस्पतालमा उपचारका लागि आएका ६ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. शम्भुदत्त जोशीले जानकारी दिनुभयो ।  मुसा हुने एक प्रकारको किरा ‘माइट’ ले टोकेमा यो रोग सर्ने उहाँले बताउनुभयो । मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको संक्रमण हुन सक्ने भन्दै उहाँले उपचारमा ढिलाई गरे ज्यानै जान सक्ने बताउनुभयो । यो रोग भएमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, गाठा गुठी हुने, टोकेको ठाउँमा खरानी रंगको डाबर आउने, पछि कलेजो, स्वासप्रश्वस, आन्द्रा, रगतको नली फुट्ने र ज्यानै जानसक्ने डा. जोशीले जानकारी दिनुभयो ।  यो रागेको संक्रमण भक्तपुरमा पहिलो पटक देखा परेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । जनचेतनाको अभावले रोगको सक्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनु पर्ने बताउँदै उहाँले यसको सरकारले निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको जानकारी दिनुभयो । भक्तपुरमा यसको बिरामी अरु पनि हुनसक्ने बताउँदै उहाँले यसको परीक्षण गर्ने प्रविधि अर्थात किटको व्यवस्था भक्तपुरमा पनि गर्नु आवश्यक रहेको डा. जोशीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here