भन्दै थिइन तिमि आउने बाटो धेरै कुरेँ राजा(सानु बाबु मल्ल)

569
Want create site? Find Free WordPress Themes and plugins.

गजल

प्रीया’लाई याद पठाको आरोप छ मलाइ
हिजो सपनिमा सताको आरोप छ मलाई।

भन्दै थिइन तिमि आउने बाटो धेरै कुरेँ राजा
बर्षौँ देखी घर नआको आरोप छ मलाई।

बिर्सियौ कि गाउँघर तिमि शहर पसे पछि,
परदेश तिर नै हराको आरोप छ मलाई।

रुंदै छिन आगानिमा भन्दै थियो गाउंले,
उनलाई पागल बनाको आरोप छ मलाई।

बाबु तिम्ले संका मात्रै गरिरहन्छौ भन्दै,
बिना सिद्दी दोष् लगाको आरोप छ मलाई।

© -सानु बाबु मल्ल सिन्धुली

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here