भरतपुरमा चुनावको मिति तोक्न एमालेले दिएन सहमति

31
Want create site? Find Free WordPress Themes and plugins.

जेठ,२२-

भरतपुर महानगरपालिका वडा नः १९ मा पुनः मतदान गर्ने मिति तोक्न प्रमुख निर्वाचन अधिकृतको प्रयास असफल भएको छ । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले महानगरको निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलहरुको सोमबार बिहान बैठक राखेको थिए । बैठकमा एमालेले आफुखुसी घोषणा नगर्न प्रमुख निर्वाचन अधिकृतलाई आग्रह गरेको छ । निर्वाचन आयोगले जेठ २० गते वडा नः १९ को सम्पूर्ण मतदान अबैध भएको ठहर गर्दै नयाँ निर्वाचन गर्न जिल्लाका प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । न्यौपानेलाई एमाले जिल्ला नेतृत्वले सर्वोच्च अदालतमा मुद्धा बिचारधिन रहेकोले तत्काल मिति नतोक्न र अदालतको फैसला पर्खन सुझाव दिएको एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मेयरका उम्मेदवार देवी ज्ञवालीसहित खड्का निर्वाचन अधिकृत न्यौपानले बोलाएको बैठकमा पुगेका थिए । बैठकमा कांग्रेस र माओवादी गठवन्धनले भने निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति तोक्ने अधिकार प्रमुख निर्वाचन अधिकृतलाई दिएको भन्दै सर्वोच्चको फैसला नपर्खिकन मिति तोक्नु बताए । तर, एमालेले नमानेपछि भरतपुर वडा नं. १९ मा चुनावको मिति तोक्ने प्रयास असफल भएको छ । प्रमुख निर्वाचन अधिकृतको बदनियतपूर्ण व्यवहार र मतगणनास्थल कब्जा जस्ता शब्दहरुले गदा यो परिस्थिति सिर्जना भएको भन्दै एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले उनको विश्वसनियता माथि प्रश्न उठाएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here