भरतपुर १९ मा पुनः मतदानको मिति तोक्न निर्वाचन आयोगको निर्देशन

26
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१६-

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाईर् निर्देशन दिएको छ । वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन निर्देशन दिएको हो । मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न पनि भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृतलाईर् भनिएको आयोगले जनाएको छ । भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते मध्यरातमा माओवादीका कार्यकर्ताले मतपत्र त्यातेका थिए । छानविन गर्दा ९० मत पत्र च्यातिएको भेटिएपछि आयोगले वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय गर्‍यो । तर, आयोग निर्णय कार्यान्वयन नगर्न र च्यातिएका मतपत्र बदर गरी बाँकी गणना गर्नु पर्ने माग गर्दै एमाले उम्मेवादर सर्वोच्च गए । सर्वोच्चले आइतबार रिट खारेज गर्दै पुनः मतदान गर्ने आयोगको निर्णयलाई सदर गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here