भारतबाट नेपाल ल्याइँदै गरेका ४२ वटा गोरु प्रहरीले समायो

31
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर १३ – भारतबाट अवैध ढंगले नेपाल ल्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले आइतबार राति कृष्णनगरको सीमानाका नजिकबाट नियन्त्रणमा लिएको छ । गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तारिक चन्द्र चौधरी नेतृत्वको टोलीले विशेष सुराकीको आधारमा गोरु नियन्त्रणमा लिएको हो । पक्राउ परेका गोरुको मूल्य झण्डै ७ लाख ५६ हजार रहेका छन् । नियन्त्रणमा लिइएका गोरु गुल्मले कृष्णनगर भन्सार नाकामा बुझाएको छ । सीमा नाका नजिककैको विद्यानगर गाविस-३ औरहवाबाट गोरु सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मले नियन्त्रणमा लिएको जनाएको छ । गोरु तस्करीमा संलग्न कसैको पहिचान हुन नसकेको गुल्मले जनाएको छ । भन्सारमा बुझाइएका गोरु आवश्यक प्रक्रिया पूरा गरी लिलाम गरिने कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । गोरु तस्करको खोजी भैरहको गुल्मका सशस्त्र प्रहरी उपरीक्षक चौधरीले बताउनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here