भारतीयको मोवाइल किन हुन्छ ह्याङ ? कारण भेटियो अनौंठो

39
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२०-

गुड मर्निङ, राधे राधे, तपाईंको दिन शुभ होस् । अरु पनि कति कति !  विहान फोन खोल्दाखौल्दै धेरै भारतीयको फोनमा देखिन्छन् , यी र यस्ता म्यासेज  ।  जसले उनीहरुको फोनको मेमोरी भरिदिन्छ ।  हात जोडेर उभिएकी सुन्दरी महिला, फुलसँग सुतेकी बच्चासहितका यस्ता सन्देशले थाहा छैन उनीहरुको फोन पनि कतिपटक ह्याङ भएको छ ।  यो कुनै काल्पनिक कुरा होइन । यो भनाई सिलिकन भ्यालीका गुगलका रिसर्चर्सरको हो । उनीहरुले यो बुझ्ने कोशिष गरेका छन कि भारतीय नागरिक किन फोन ह्याङ भएको गुनासो गर्छन ?

शोधकर्ताले बताएका छन कि भारतीयहरु दैनिक लाखौ यस्ता गुडमर्निङवाला सन्देश एक अर्कालाई पठाउँछन्, जुन टेक्स्ट, भीडियो, अडियो र जीआइफमा हुन्छन् । यस्ता सन्देशले यस्तोसम्म बनाए कि इन्टरनेटको ट्राफिक नै जाम हुन्छ । अचम्म छ कि, भारतीयहरु किन यति धेरै गुडमर्निङवाला म्यासेज पठाउँछन् ? द वाल स्ट्रीट जर्नलमा छापिएको एक रिपोर्टका अनुसार पछिल्लो १० बर्षमा गुगलमा गुड मर्निङवाला तस्वीरको खोजी १० गुणाले बढेको छ ।

शोधकर्ताले मानेका छन कि, स्मार्टफोनको सहज पहुँच र सोशल मीडियाको ठीक जानकारी नहुुनु यसको ठूलो कारण हो ।
आजका दिनमा हरेक तप्का र व्यक्तिसँग स्मार्टफोन छ र इन्टरनेटको डाटा पनि । यसमा पहिलो पटक इन्टरनेट प्रयोग गर्नेहरुको सख्याँ पनि ठूलो छ । साय उनीहरुलाई यो कुराको अन्दाजा छैन, उसको यस्तो म्यासेजले अरुलाई समस्यामा पारेको छ ।  एक आईटी कम्पनीमा काम गर्ने जय हंसकर भन्छन्, ‘कम्तीमा पनि मानिसहरुलाई यो थाहा हुनुपर्छ कि उसको म्यासेजका कारण अर्कोलाई कति कठिन भैरहेको छ ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here