भारतीय एसपीको सञ्चार सेट र गाडी चोर्ने गिरोह नेपालमा पक्राउ

28
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर १० – भारतीय प्रहरी उपरीक्षक एसपी को सञ्चार सेट र रातो बत्तिसहित को गाडी चोरी गर्ने गिरोहलाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाको टोलीले पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश हरदोईका एसपीको टाटा सुमो गोल्ड गाडी कात्तिक २० गते का दिन एक गिरोहले चोरी गरी बाराको कचोर्वा हुदै रौतहटको गौर पु¥याएका थिए । गौरको गढवा पुल नजिकै रहेको मोटर ग्यारेजमा आएको युपी बी ०२१९ नम्बरको सेतो गाडीका पार्टपुर्जा सबै खोलेर अलग अलग स्थानमा विक्रि गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

रेडियो सेट समेत भएको एसपीकै गाडी चोरी भएपछि विभिन्न चरणमा भारतीय प्रहरीले सीमावर्ती इलाकाहरुमा त्यो गाडीको खोजी समेत गरेको थियो । गाडीमा रहेको एमएटी ४४६२४८ इइके ०९१०१ नम्बरको चेसिस रौतहटको चन्द्रनिगाहपुरमा रहेको अमर ज्योति नेपाल नामक सँस्थाको ना ३ च ६५१६ नम्बरको एम्बुलेन्समा प्रयोग गरीएको अनुसन्धानका क्रममा खुलेको छ । केही महीना अघि दुर्घटनामा परेको योे एम्बुलेन्समा भारतीय प्रहरी उपरिक्षक चढ्ने गाडीको सामान प्रयोग गरिएको छ । यसै गरी गाडीको एसी, साइलेन्सर लगायतका अन्य पार्टपुर्जाहरु रौतहटको हजमिनियाबाट मध्य क्षेत्रीय प्रहरी टोलीले बरामद गरेको छ । भारतीय प्रहरी उपरिक्षक को गाडी खोज्न मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडा र पर्सा प्रहरी परिचालन गरिएको थियो । रौतहटको गौरमा मोटर ग्यारेज खोलेर बसेका सञ्जय साहलाई पक्राउ परेपछि गाडीका सबै सामानहरु अलग अलग स्थानमा बेचिएको खुलेको मध्य क्षेत्रिय प्रहरी प्रमुख डिआइजी पशुपति उपाध्यायले बताउनुभयो । उहाँका अनुसार गाडीका सामानहरु हेटौडा, वीरगंज र रौतहटमा बेचिएको छ । चोरीमा संलग्नहरु केही लाई पक्राउ गएिको छ । त्यस्तै अनुसन्धानकै क्रममा प्रहरीले बिहिवार वीरगञ्ज १० गहवाबाट हतियारसहित भारत पूर्वी चम्पारणका मोहम्द समिम अख्तर लाई पक्राउ गरेको  छ । वीरगञ्जमा पक्राउ परेका अख्तर र रौतहटमा पक्राउ परेका सञ्जय साहसहित झण्डै ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेर लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रौतहटबाट बरामद भएका गाडीका सामानहरु जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here