भारतीय विदेशमन्त्री स्वराज स्वदेश फिर्ता

16
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१९–

दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किनु भएको छ । विशेष विमानबाट शुक्रबार दिउँसो ३ बजे नयाँ दिल्ली फर्किनु भएको हो । बिहीबार अपरान्ह ४ बजे विशेष विमानबाट नेपाल आउनुभएकी स्वराजले आउने बित्तिकै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । बिहीबार साँझ नेकपा एमालेले स्वराजको सम्मानका लागि सोल्टि होटलमा रात्री भोजको आयोजना गरेको थियो । एमालेको रात्री भोजमा सहभागि भएर स्वराजले मधेश केन्द्रित दलका नेतालाई बिहीबार बेलुका नै भेटनुभएको थियो । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु भएकी स्वराजले त्यसपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटनुभएको थियो । स्वराजले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि स्वदेश फर्कनुभएको हो ।

नेपालमा संविधान निर्माणपछि असन्तुष्ट जनाउँदै नाकाबन्दी गरेको भारतले सम्बन्ध सुधार कै लागि यो भ्रमण गरेको बताइएको छ । नाकाबन्दीताका नेपालका प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओली हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पहिलो पार्टी भएपछि फेरी प्रधानमन्त्री बन्ने पक्का जस्तै छ । विशेष गरी भावि प्रधानमन्त्रीसँगको सम्बन्ध सुधारका लागि यो भ्रमण भएको धेरैको आकँलन रहेको छ । प्रतिनिधिसभा चुनावमा पहिलो पार्टी भएपछि एमालेका अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिइसक्नु भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here