भारतीय सेनाको क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु

11
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७–  

भारत प्रशासित जम्मूको पठानकोट मार्गमा रहेको भारतीय सेनाको सुजुवान क्याम्पमा भएको आक्रमणमा परी दुई भारतीय सैनिक मारिएका छन् । आक्रमणमा ६ जना सैनिक घाइते भएका छन् । हतियारधारीको समूहले शनिवार विहानै सैनिक क्याम्पमा आक्रमण गरेका थिए । आक्रमणमा परी मृत्यु हुनेमा सुवेदार मदन लाल र एम असरफ मिर छन् । घाइते हुनेमा एकजना कर्नेल तहका सैनिक, हवल्दार अब्दुल हामिद, लेस नायक बहादुर सिंह र सुवेदार चौधरीकी छोरी छन् ।

जैस ए महोम्मद नामका सशस्त्र समूहले आक्रमण गरेको जनाइएको छ । सैनिक क्याम्पसको पछाडिबाट आएका आक्रमणकारीहरुले सैनिक अधिकारीको क्वार्टरमा गोलावारी गरेका थिए । आक्रमणपछि जम्मूमा सेनाको संख्या बढाइएको छ । आतंकवादीहरुको खोजी शुरु भएको प्रशासनले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here