भीमफेदी गाउँपालिकाको बजेट ३७ करोड ५७ लाख

17
Want create site? Find Free WordPress Themes and plugins.

असार,३०-
मकवानपुर प्राचिन तथा ऐतिहाँसिक स्थलको रुपमा रहेको भीमफेदी   गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ को लागि ३७ करोड,५७ लाख  रुपैँयाको अनुमानित आयब्याय विवरण तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।   आज भीमफेदी गाउँपालिकामा भएको पहिलो गाउँसभामा आर्थिक विधेयक प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती राननाले आर्थीक क्षेत्रमा ३ करोड १३ लाख रुपैँया, सामजिक क्षेत्रमा १५ करोड ३५ लाख ८७ हजार रुपैँया, भौतिक पुर्वाधार निर्माण तर्फ ७ करोड ६८ लाख २५ हजार रुपैँया, वातावरण तर्फ १ करोड २७ लाख रुपैँया सहितको विभिन्न शिर्षकमा बजेट विनियोजन गरेकी छिन् ।

नीति तथा कार्यक्रमले बृद्धबृद्धलाई पार्क निर्माण, महिला उद्यमीलाई कर छुट, सहकारीतालाई प्रर्बद्धन, सडक निर्माण, खानेपानीको ब्यवस्थापन, तटबन्धन, कृषि, पशुपालन तथा पर्यटन प्रर्बद्धनलाई महत्वपूर्ण विषय भन्दै विशेष ध्यान दिएको छ ।  कार्यक्रममा उठेको विषयमा गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रष्ट पारेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here