भूकम्प पीडितलाई पहिलो किस्तामा हालसम्म २७ अर्ब निकासा

37
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१९-

भूकम्प पीडितलाई घर बनाउने अनुदान स्वरुप हालसम्म २७ अर्ब ३० करोड रुपैयाँ निकासा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई सो रकम निकासा दिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर १९ गतेसम्म ५ लाख ३० हजार ६ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । जसमा ४ लाख ४४ हजार ४४ हजार ४ सय ६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको छ । भूकम्प पीडितलाई तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने गरी कार्यकारी समितिको ३८ औं बैठकबाट निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here