भूकम्प पीडितलाई ५ लाख अनुदान दिन एमालेको माग

33
Want create site? Find Free WordPress Themes and plugins.
२० भदौ,
प्रमुख विपक्षी नेकपा एमालेले भूकम्प पीडितलाई दिइने अनुदान २ लाखबाट बढाउन माग गरेको छ । व्यवस्थापिका संसदमा एमाले नेता शेरवहादुर तामाङले बिगतमा संसद अबरोध गर्ने दलहरुले आफ्नो प्रतिबद्धता बिर्सिएको भन्दै अनुदान रकम बढाउन माग गरेका हुन् । उनले पहिलो किस्तामा डेढ लाख दिनुपर्ने भनेर संसद अवरुद्ध गरेको कांग्रेस अहिले भूकम्प पीडितप्रति अनुदार बनेको आरोप लगाए । एमालेको तर्फबाट विशेष समयमा बोल्दै सांसद तामाङले भने, ‘अब अनुदान रकम २ लाख होइन सकेसम्म ५ लाख पुर्‍याउनुपर्छ । कम्तिमा पनि ३ लाख अनुदान दिइनुपर्छ ।’ अनुदान रकम बृद्धि नगर्ने र किस्ता नघटाउने हो भने पुननिर्माण होइन मर्मत सम्भार मात्र हुने अवस्था देखिएकाले अनुदान रकम बढाएर एकमुष्ठ दिनुपर्ने तामाङले बताए । एमाले सांसद तामाङले अनुदान सम्झौमा धेरै मान्छे छुटेको भन्दै उनले तत्काल उनीहरुलाई पनि अनुदान दिने गरी पुनः सर्वेक्षण हुनुपर्ने बताए । सिन्धुपाल्चोक ३ का सांसद रहेका तामाङले आफ्नै जिल्लामा २५ हजार घर छुटेको बताए । अनुदान रकम बृद्धि नगर्ने हो भने घर बनाउने अवस्था नरहेको उनको दाबी छ । एमाओवादीका सांसद श्यामकुमार श्रेष्ठले पनि अघिल्लो सरकारको कार्यविधी अनुसार ५० हजार अनुदान समेत वितरण हुन नसकेको बताए । उनले रामेछापका धेरै वस्तीहरु सानुपर्ने भए पनि सरकारले केही सिमित वस्तीमात्र सार्ने गरी योजना अघि बढाएको भन्दै आपत्ति जनाए ।
Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here