भेरी नदीमा बस खस्दा , तीन घाइते

29
Want create site? Find Free WordPress Themes and plugins.

५, असार, सल्यान । सल्यान देवस्थलस्थित भेरी नदीमा बस खसेको छ ।
भेरी राप्ती यातायातको ना ४ ख ५९४४ नम्बरको बस देवस्थल ६ आम्रा भन्ने स्थानमा सडकबाट करिव १ सय मिटर तल भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आज विहान करिव ६ः३५ बजेतिरको समयमा सुर्खेत धारपानीबाट सल्लीबजार-नेपालगञ्जको क्युका लागि आउँदै गर्दा बस नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम खत्रीले जनाए ।
बससँगै नदीमा डुबेका बसका चालक, गाडी धनी र सहचालकलाई नेपाल प्रहरी तथा नेपाली सेनाले उद्धार गरि अस्पताल पुर्याएको खत्रीले जानकारी दिए । उनीहरुको उपचार भइरहेको छ ।
बसमा यात्रु नभएकाले ठूलो क्षती हुन पाएन । गाडी अझै नदीमै रहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here