भैरव डाँडा चढेका महतको नजर बाटो, खानेपानी र बिजुलीका पोलमा

113
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,७-

बिगत १० दिनदेखि जनताको घरदैलो गरिरहेका हेटौँडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार एवं नेकपा माले मकवानपुरका सचिव भिमसेन महतले भैरव डाँडामा रहेको बाटोको समस्याका बारेमा चासो राखेका छन ।
बिहीबार बसामाडी हुँदै भैरवडाँडादेखि नकौली घ्याङ्सीङटारसम्म घरदैलो गरेका महतले भैरव डाँडाबाट नकौलीसम्म जाने बाटोको अवस्था कठिन रहेको बताएका छन् । साथै त्यहाँ खानेपानीको समस्या पनि उत्तिकै रहेकोमा उनले दुःख व्यक्त गरेका छन् । त्यस क्षेत्रमा बाटो वरपर रहेका बिजुलीका पोलहरु जीर्ण अवस्थामा रहेको र कंक्रिटको पोल राख्नुपर्ने अवस्था रहेको उनले बताए । कहिले श्रमदान गरेर त कहिले भ्रष्टाचारलाई निमिट्यान्न पार्ने कार्य गरेर मकवानपुरेवासीको मन जितिरहेका महतले घरदैलोमा पुगेका हरेक स्थानमा आफुले चुनावमा हारे पनि विकासको लागि पहल गर्ने बताउँदै आएका छन् । जनताको पिरमर्का देखेर दुःखी भएका महतले राम्रो काम गर्ने नेतालाई जनताले विश्वास गर्दारहेछन् भन्ने अनुभूति पनि घरदैलो कार्यक्रमबाट संगालेको बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here