भैरहवामा एमालेका मेयरमा हरिप्रसाद र उपमेयरमा उमा विजयी

45
Want create site? Find Free WordPress Themes and plugins.

असार,२१-

रुपन्देहीको सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा २० वर्ष यता कुनै पनि निर्वाचनमा जित हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो झण्डा गाड्न सफल भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित केही वडाहरुमा समेत एमाले विजयी भएको छ । भैरहवाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै उपमेयर पदमा एमालेकी उमा काफ्ले निर्वाचित भएका छिन् । मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ ।

त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ । नगरको वडा नम्बर एकको वडाअध्यक्ष पदमा कांग्रेसका रमेश मल्ल, २ मा एमालेका दिपक कुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा संघिय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ मा एमालेका चेत बहादुर क्षेत्री, ६ मा कांग्रेसका विनोद श्रीवास्तव, ७ मा कांग्रेसकै भिमसेन कर्माचार्य विजयी भएका छन् । त्यस्तै वडा नम्बर ८ को वडाअध्यक्षमा कांग्रेसका राजनजंग राणा, ९ मा एमालेका शेषकान्त भण्डारी, १० मा कांग्रेसका विजयनाथ धोवी, ११ मा एमालेका दिलिप यादव, १२ मा कांग्रेसका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिस प्रसाद मर्सानी विजयी भएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here