भोट नदिएको भन्दै एमाले कार्यकर्ताले माओवादी कार्यकर्ता कुटे

15
Want create site? Find Free WordPress Themes and plugins.

असोज,५-

स्थानीय चुनावमा भोट नदिएको भन्दै एमाले कार्यकर्ताहरुले महोत्तरीको बर्दिवास नगरपालिका ६ किसाननगरका बासिन्दालाई कुटपिट गरेका छन् । बर्दिवास नगरपालिका ६ का एमाले इन्चार्ज पशुराम ठाकुरका छोरा सञ्जय ठाकुर लगायत ४-५ जनाको समूहले रामअजोद साहको घरका सदस्यहरुलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट साहका ज्वाइँ बसन्त साह र गर्भवती छोरी शिलाकुमारी घाइते भएका छन् । उनीहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । आफूहरु सुतिरहेको बेला बुधबार राति २ बजे घरभित्र छिरेर घरेलु हतियार बोकेको समूहले आक्रमण गरेको रामअजोद साहले बताए ।घरमै पसेर आक्रमण भएपछि साह परिवार त्रसित छ । ८-९ महिने गर्भवती छोरी माथी आक्रमण भएपछि साह परिवार चिन्तित छ । साह माओवादी केन्द्रका कार्यकर्ता हुन् । घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी गराइसकेको साहले जानकारी दिए । साहलाई निर्वाचन अघि बाटोमा भेटेर एमाले इन्चार्ज ठाकुरले भोट हाल्न आग्रह गर्दै त्यसवाफत आवश्यक खर्च आफूले दिने बताएको रामअजोदले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here