भोलिदेखि चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा

81
Want create site? Find Free WordPress Themes and plugins.

असार,१-
नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् । यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । समाजमा घटेका विभिन्न अपराधजनक घटनालाई कथामा समेटी उक्त अपराधमा प्रहरीको हुनुपर्ने दायित्व कर्तव्यलाई चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । यस्तै जनक गुरुङको द्वन्द,राम प्रसाद चौधरीको सम्पादनमा निर्मित उक्त चलचित्रमा बिष्णु चेम्जोङ ,नबिन कार्की ,रेखा फागो,रमेश सिङ ,प्रेम सुब्बा ,डिके देवान ,मन्जु श्रेष्ठ ,रन्जिता राना ,दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा संगीत भने प्रकाश गुरुङ ,सनुप पौडेल ,ब्रबिम सेर्मा रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here