भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले १०० दिनभित्रमा हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने

7
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,१-

सोमबार मात्र प्रदेश नम्बर ३ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले हेटौँडा बजार क्षेत्रमा विभिन्न समयमा विभिन्न कारणले रोकिएको २५ मिटर सडक विस्तार योजनालाई सुचारु गर्ने भएका छन् ।

सोमबार सपथ ग्रहण गरिसकेपछि स्थापितले ३ नम्बर प्रदेशभित्रका १३ वटै जिल्लामा सडक विस्तार गर्ने बताएका हुन् । राजमार्ग साँघुरो भएको र सडक विस्तार नहुँदा सहरी विकासलाई आँच पुग्ने बताउँदै सडक विस्तार कुनै पनि हालतमा नरोकिने दाबी गरेका छन् । हेटौँडाको २५ मिटर सडक विस्तार काण्डका बारेमा पहिलेदेखि नै जानकार रहेको बताउँदै मन्त्री स्थापितले अबको सय दिन भित्रमा २५ मिटर सडक विस्तार हुने बताएका हुन् । क्षतिपुर्ति दिनुपर्ने अवस्थामा तत्काल उपलब्ध गराउने उनले बचन दिए । तर मुद्धा दायर भएको अवस्थामा पनि जसरी भए नि हेटौँडामा २५ मिटर सडक विस्तार हुने बताए ।

स्मरण रहोस्, मन्त्री स्थापित सोही व्यक्ति हुन् जसले काठमाडौँमा मेयर हुँदा र काठमाडौँ उपत्यका प्राधिकरणको आयुक्त हुँदा काठमाडौँमा घर नै भत्काएर सडक विस्तार गरेका थिए । हेटौँडामा तत्कालिन समयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र हेटौँडा बस्ती संरक्षण समितिको आन्दोलनका कारण सडक विस्तार पटक–पटक रोकिएको थियो । स्थानीय तहको चुनाव अघि सम्मै तु खबरले गरेको साक्षात्कारमा तात्कालिन उम्मेदवार तथा हालका मुख्यमन्त्री डोरमणि पौडेलले २५ मिटर सडक बाईपास भएर जाने तर बजार क्षेत्रबाट नजाने बताएका थिए । तर अहिले भने उनकै प्रदेश सरकारमा रहेका मन्त्री स्थापितले २५ मिटर बनेरै छाड्ने दाबी गरेका छन् ।

त्यस्तै तत्कालिन समयमा विरोधमा भएको मकवानपुर उद्योग वाणिज्य संघमा समेत अहिले अध्यक्षका रुपमा कृष्ण कटुवाल छन् जसले २५ मिटर सडक विस्तारमा सकरात्मक विचार राखेका छन् । मकवानपुरका केही नेताहरुले समेत २५ मिटर विस्तार हुने तर्फ साँकेतिक विचार पोखेका छन् । हेटौँडालाई प्रदेश ३ को राजधानी स्थायी रुपमै बनाउने योजना भएकोले सडक विस्तार भइछाड्ने उनीहरुको विचार छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here