भ्यान दुर्घटनामा एकको मृत्यु

31
Want create site? Find Free WordPress Themes and plugins.

२७ फागुन, सप्तरी । सप्तरीको योगिनियाँ गाविसस्थित राजविराज भारदह सडक खण्डमा बिहीबार सबारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आधा दर्जन यात्री घाइते भएका छन् ।

सुनसरीको इनरुवाबाट तरकारी बोकेर राजविराज तर्फ आउदै गरेको को. १ च ७७०५ नम्बरको भ्यान अनियन्त्रित भई पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यानमा सवार १ नम्बर योगिनियाँ गाविस वडा नम्बर १ बस्ने ४५ बर्षीया रामेश्वर साहको ज्यान गएको प्रहरीले जनाएको छ । उनको घट्नास्थलमै मृत्यु भएको छ ।

उक्त दुर्घटनामा घाइते भएका अन्य ५ जनाको राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here