मउवाको पद हस्तान्तरण र सपथ ग्रहण कार्यक्रम सम्पन्न

6
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

मकवानपुर मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारण सभाबाट निर्र्वाचित भएका नयाँ कार्यसमितिहरुलाई प्रमाण पत्र वितरण सहित सपथ ग्रहण गराएर पद हस्तान्तरण गरिएको छ । हिजो १७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिहरुलाई आज मंगलबार एक कार्यक्रमको आयोजना गरि सपथ खुवाई पद हस्तान्तरण गरिएको छ । निर्वाचनका प्रमुख निर्वाचन अधिकृत तथा संघको कानुनी सल्लाहकार ईश्वरराज ढकालले विजयी हुनु भएका सम्पुर्णलाई सपथ खुवाएका थिए । कार्यक्रममा पुर्व अध्यक्ष जिवनकाजी मकाजु, अरुणराज सुमार्गी, थाहा नगरका मेयर लवशेर विष्ठ लगायतले शुभकामना भनाई राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्षमा निर्वाचित कृष्ण बहादुर कटुवालले आफ्नो चुनावी अभियानमा लागेको बेला बोलेका प्रतिवद्धता र घोषणा गरेका कार्ययोजना छिट्टै नै सुरु गरिने बताए । मकवानपुरका व्यवसायीहरुको हरेक समस्याहरुको हल गर्दै संघलाई अघि बढाउन लाग्ने बताए । आफुलाई मत दिएर सहयोग गर्ने उद्योगी, व्यावसायीहरुलाई हृदयदेखि धन्यवाद समेत भने । उनले मत जहाँ हाले पनि सबै उद्योगी, व्यावसायीहरु मेरा लागि समान भएको र सबैको लागि आफुले उद्योगी, व्यावसायीहरुको हकहितमा लाग्ने बताए । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत ईश्वरराज ढकालले निर्वाचनको क्रममा सहयोग गर्नुहुने  सुरक्षाकर्मी, पत्रकार, उम्मेदवारहरु, संघका कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here