मकवानपुरका १ सहित ४ जना पक्राउ

23
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२९-

मकवानपुरमा दुई दिनमा ४ जना व्यक्तिहरु लागुऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ बाग बजार बस्ने वर्ष ४९ को सनिम दिन,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ५५ वर्षका बिश्वनाथ चौधरी, मकवानपुर गढीगाउँपालिका वडा नम्बर ५ बुंदोलेका ७३ वर्षीय लालमान ब्लोन र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को संदिप क्षेत्रीलाई पक्राउ गरिएको हो ।

माघ २८ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेक पोष्ट लोकमार्गमा विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.१ ज्.२०२२ नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा सोही सुमोमा सवार सनिम दिनलाई पक्राउ गरिएको हो । उनको साथबाट ३ वटा पोका भित्र कागजमा टेपले बेरी राखेको अवस्थामा डाईजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल, ब्युपोनर्फिन ९९ एम्पुल गरी २९९ एम्पुलका साथै उनले बोकेको कालो ब्याग भित्र ९ पत्तामा २७० ट्याब्लेट र २ पत्ता २३ ट्याब्लेट गरी जम्मा २९३ ट्याब्लेट लागू औषध नाईट्रोभेट र प्लाष्टिकको पोकामा २० ग्राम लागु औषध खैरो हेरोईन फेला परेको थियो । उनलाई मकवानपुर जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी थप आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

त्यस्तै माघ २९ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेक पोष्टमा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बा.५ ख.४९४० नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार बिश्वनाथ चौधरीलाई पक्राउ गरिएको हो । उनको साथबाट लागुऔषध गाँजा २ किलो ५० ग्राम फेला परेको र लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै माघ २९ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लालमान ब्लोनको घरमा खानतलासी गर्दा उनको घरमा ४ वटा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अबैध लागू औषध गाँजा १ किलो ६० ग्राम र घर नजिकैको बारीमा लागू औषध गाँजा ३ किलो ६६० ग्राम सहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै माघ २८ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेक पोष्टमा हेटाँैडाबाट पथलैया तर्फ जादै गरेको ना.५ ख.४५२३ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार संदिप क्षेत्रीलाई नियन्त्रणमा लिईएको हो । उनको शरिर खानतलासी गर्दा अबैध लागू औषध गाँजा १३० ग्राम लागु औषध फेला परेकोले लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here