मकवानपुरका २ जना महिला खेलाडी लाई सम्मान

20
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२७-
खेल क्षेत्रमा रहेर मकवानपुरलाई  चिनाउन महत्वपुण भुमिका निर्बाह गर्ने २ जना महिला खेलाडी लाई सम्मान गरिएको छ। नजिकिदै गरेका हिन्दु धर्मालम्वी हरुको महान चाड हरितालीमा तिजको अवसरमा लाइन्स क्लब अफ हेटौंडा भुटानदेबि, लियो क्लब अफ हेटौंडा भुटानदेबि र लाइन्स क्लब अफ हेटौंडा मनकामनाले संयुक्त रुपमा आज दुइ खेलाडीलाई सम्मान गरेको हो ।  संयुक्त आयोजनामा भएको तिज विशेष सस्कृतिक कार्यक्रम तथा समान कार्यक्रम कार्यक्रमका विच  प्रथम महिला फुटवल रेफ्री कल्पना शर्मा र मकवापनुर जुडोकी पहिलो भारत्तोलन महिला खेलाडी अन्जु रानाभाट लाई सम्मान गरिएको हो ।

हेटौंडा उपमहानगरका उप मेयर मिना लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै  लामाले महिला हरेक तबरबाट सक्षम हुनु जरुरी रहेको र एस्ता सम्मानले महिला लाई थप अत्साहित बनाउने बताउनु भयो  । सन्कृतिलाइ संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको बन्दै बिकृती भित्र्याउन नहुनेमा पनि उहाले जोड दिनुभायो । लायन्स तथा लियो क्लव अफ हेटौडा भुटनदेवीको नारी सम्मान अन्तर्गत  महिला हरुको कामलाई प्रोत्साहन गर्न यस बर्ष देखी हरेक बर्ष तिजको अवसरमा महिला सम्मान गरिने लायन्स क्लव अफ हेटौडा भुटनदेवीकी एन जे एफ अंकिता सुमार्गीले बताउनु भयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here