मकवानपुरको हाँडीखोला २ मकरीबाट हेटौँडा आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु ७४ जना घाईते

32
Want create site? Find Free WordPress Themes and plugins.

 असोज,१६
मकवानपुरको हाँडीखोला २ मा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाँडीखोला २ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नंबरको बस  दुर्घटनामा परेको हो । दुर्घटनामा घाईते भएका ७४ जना घाईते भएका छन् । घाइते मध्य ३६ जनाको अझै उपचार भैरहेको भने अन्य सामान्य उपचार पश्चात घर फर्किएको चुरे हिल  अस्पतालका डाक्टर सुन्दर श्रेष्ठले बताए । मृत्यु हुनेमा चार वर्षका प्रमिस लामिछाने तथा ३३ वर्षकी लक्ष्मी दाहाल २० वर्षका सुर्यबहादुर तामाङ, रहेका रहेको प्रहरीले जनाएको छ । करिब एकसय बढि यात्रु सवार ओरालो सडकमा बस पल्टिएको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताईन् । बसले च्यापिएका घाईतेहरुको उद्धार कार्य जारी रहेको उनले जानकारी दिईन् । अहिले हेटौँडाको चुरेहिल अस्पतालमा घाईते तथा आफन्तको भिड लागेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here