मकवानपुरमा म्यादी प्रहरी भर्ना आवेदन सुरु

416
Want create site? Find Free WordPress Themes and plugins.

चैत्र,१४-

मकवानपुरमा स्थानिय तहको निर्वाचन २०७४ को लागी म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी युनिटहरुबाट म्यादी प्रहरीका लागि आबेदन लिन सुरु भएको हो  यस जिल्लामा यही चैत ११ गते देखि १७ गते सम्म म्यादी प्रहरीको भर्नागर्नका लागि आबेदन लिन सुरु गरिएको हो । जिल्लाको हेटौडा उपमहाँनगरपालिका, थाहा नगरपालिका र आठवटै गाउँपालिकामा खटाउनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । पहिले प्रहरी र सेनामा काम गरेकालाई बिशेष प्राथमिकताका साथ काम गराईने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो । म्यादी प्रहरीका लागि दरखास्त फारम पाईने  र बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी, नेवारपानी, फापरबारी, पालुङ, पशुपतिनगर, ठिंगन र भिमफेदीमा बुझाउन सकिने ब्यबस्था गरिएको डिएसपी गौतमले बताउनुभयो । अहिले भर्ना हुने म्यादी प्रहरीहरु ५५ दिन सम्म प्रहरी जवानको सेवा सुबिधा अनुसार काम गर्न पाउने ब्याबस्था छ । म्यादी प्रहरीहरु पुर्ब नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यतर रही पेन्सन वा उपदान प्राप्त पुर्व सुरक्षाकर्मी, पुर्व बन रक्षक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाको लागी आबेदन गरी शारिरीक परिक्षणमा समेत समाबेश भएका प्रबेश पत्रको प्रतिलिपी पेश गर्ने ब्यक्तिहरु, बिदेशि मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत नेपाली सुरक्षाकर्मीहरु, बिगतका संबिधान सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रोकाम गरेको ब्यक्तीहरुलाई बढी प्राथमिकता दिईने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here