मकवानपुर उद्योग वाणिज्य संघद्रारा किवी खेती बारे छलफल

171
Want create site? Find Free WordPress Themes and plugins.

कार्तिक,१०

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा किवी खेतीको विषयमा छलफल कार्यक्रम आयोजना गरेकोछ । ओभीओपी कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा भईरहेको किवी खेतीको विषयमा छलफल कार्यक्रम गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वाईका नेपाल कार्यालयका प्रबद्र्धनकर्ता ताकेसी हाण्डा, सुसुमु निसिको समेत सहभगिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ कार्यक्रम अधिकृत गणेश शाक्यले किवी खेती तथा यसको व्यवसायिक प्रबद्र्धनका विषयमा प्रस्तुतिकरण समेत दिनु भएको थियो । मउवासंघका कार्यालय सचिव विवेक मानन्धरले कार्यक्रममा मकवानपुरमा किवी खेतीको हाल सम्म भएका प्रयास, यसको प्रगति तथा चुनौतिका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला कृषि कार्यालयका प्रमुख निर्मल गदालले किवी खेतीका लागि आफ्नो कार्यालयले प्राविधिकहरुको समूहलाई परिचालित गरिने बताउनु भएको थियो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, विभिन्न कृषिसंग सम्बन्धित संघका प्रतिनिधि, संघका, पदाधिकारी, कार्यसमितिका सदस्य, कृषकहरुको समेत सहभागिता रहेको थियो । संघका उपाध्यक्ष कृष्णकुमार अग्रवालले समापन गर्नु भएको कार्यक्रमलाई संघका कार्यक्रम अधिकृत देवराज पन्तले सञ्चालन गर्नुर्भको थियो । एक गाउँ, एक उत्पादन अन्तर्गत मकवानपुरमा केही समयदेखि किवी खेती हुँदै आएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here