मतगणनाको मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

6
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१९–

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न आदेश दिएको छ । तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा ५ मतले पराजित भएपछि पौडेलले पुनः मतगणना गर्न माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलासले मतपत्र र मुचुल्का पेश गर्न भनेको हो । त्यस क्षेत्रबाट विना विभागीय मन्त्री आशा कोइराला निर्वाचित हुनुभएको छ ।

यस्तै धनुषा क्षेत्र नम्बर ३ मा पुनः मतदान गर्न माग गर्दै दायर निवेदनमा समाचारको विवरण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले स्थानीय टेलिभिजनले चुनावको दिन बिहान प्रशारित सामग्रीका कारण चुनाव हारेको भन्दै पुन मतदानको माग गरेपछि आयोगले सामग्री उपलब्ध गराउन आदेश दिएको हो । त्यस क्षेत्रबाट राजपाका राजेन्द्र महतो विजय हुनुभएको छ भने कांग्रेस नेता विमलेन्द्र निधी दोस्रो हुनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here