मत परिणाम बेलेमै सार्वजनिक गर्न निर्वाचन आयोग प्रतिबद्ध

6
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१९-

निर्वाचन आयोगले प्रतिनिधिसभा समानूपातिक तर्फको मतपरिणाम समयमै सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताएको छ । निर्वाचन मतपरिणाम सार्वजनिक गर्न ढिला भयो भन्ने आरोपको खण्डन गर्दै आयोगले सो कुराको दाबी गरेको हो । आज एक विज्ञप्ति जारी गर्दै आयोगले सरोकारवाला पक्षले जनताको मतलाई सार्वजनिक  गर्न ढिलाई गर्यो भन्ने आरोपको खण्डन गर्दै त्यो आरोपले आफुहरुलाई आश्चर्यचकित बनाएको समेत दाबी गरेको छ ।

निर्वाचन कार्यतालिकाअनुसारनै आयोगले काम गर्न गरिरहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य २०७४  पुसको पहिलो सातासम्म जारी रही कतिपय जिल्लाहरुबाट पुस १० गतेसम्म समानुपातिकतर्फको मत परिणाम आयोगमा प्राप्त हुन आएकाले पुस ११ गतेबाट प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरेको तथा प्रदेशसभातर्फको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न गरी दोस्रो पटक प्रचलित कानूनअनुसार बन्दसूचीलाई समावेशी समूह अनुरूप सच्चाएर ल्याउन दलहरुलाई यही पुस २० गतेसम्मको समय दिएको व्यहोरा आयोग अवगत गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘समानुपातिकतर्फ संशोधनसहितको बन्दसूचीमा पेश गरेका उम्मेदवारहरुमध्ये प्रचलित कानुनबमोजिम समावेशी समूह तथा क्रमागत रुपमा विजयी हुने उम्मेदवारहरुको नाम दलहरुबाट सिफारिस भएर आएपछि यथा समयमै निर्वाचनको अन्तिम परिणाम सम्बन्धित निकायमा पेश गर्न आयोग दृढ रहेको छ । ’ आयोगले राष्ट्रियसभा निर्वाचनको तयारीलाई समेत तीव्र पारिरहेको जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here