मधेसको समस्या समाधान नगरेसम्म अरु समस्या उस्तै : कमल थापा

31
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ३ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको समस्या समाधान नगरेसम्म कुनैपनि चुनाव पनि हुन नसक्ने र नयाँ संविधान पनि धरापमा पर्ने बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा भएको भेलालाई सम्बोधन गर्दै उहाँले मधेसका जायज माग पूरा गर्नका लागि सबै दल एक ठाउँमा आउनुपर्ने बेला आएको बताउनुभयो । प्रदेशको संरचना तयार गर्दा वैज्ञानिक आधारमा नबनाइएकाले अहिले यो समस्या आएको बताउँदै अध्यक्ष थापाले भन्नुभयो, ‘तीन दलको स्वार्थका आधारमा मात्र प्रदेशको सिमांकन गरियो त्यसैले अहिले पनि सिमांकनमा समस्या छ । तीन दलले आफू कहाँबाट चुनाव जित्न सकिन्छ भनेर त्यही आधारमा सिमांकन गर्दा यो समस्या भएको हो ।’ अहिलेको अवस्थामा यो १४ महिना भित्रमा स्थानीय निकाय, प्रदेश र केन्द्रको गरेर तीन तहको चुनाव गर्नुपर्ने बाध्यता रहेको अवस्थामा पहिले मधेसका माग पूरा गरेर मात्र यो सम्भब भएको उहाँले बताउनुभयो । अबको समयमा चुनाव सम्पन्न गर्नका लागि मधेसको समस्या समाधान गर्नुपर्ने उहाँको भनाई छ ।  सबैभन्दा ठुलो चुनौती भनेको संविधान कार्यान्वयनको अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो ‘मधेुका मागहरु पूरा नगरेसम्म संविधानको कार्यान्वयन गर्नका लागि समस्या भएको छ । यसमा सबैको ध्यान जानु जरुरी रहेको छ ।’ अहिलेको अबस्थामा सानो शक्ति भएपनि उसले नेपाल टुक्रापार्नका लागि खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले सम्मको यो समयमा देश टुक्राउने सम्मको कुरा सुनिएको थिएन त र अहिले देश टुक्रा पार्ने सम्मका कुरा तराईबाट आएका छन् । यसलाई सबैले बुझ्नुपर्छ ।’ नेपालको आन्तरिक मामिलामा वाह्य आक्रमण बढेको उहाँले बताउनुभयो । दुई दशम लामो समयसम्म स्थानिय निकायको चुनाव नगर्दा यस क्षेत्रमा भ्रष्टाचार मौलाएको उहाँको भनाई छ । संविधान संशोधन गर्ने बिषयमा आफूहरुसँग छलफलनै नभएको बताउँदै अध्यक्ष थापाले भन्नुभयो, ‘अहिले संविधान संशोधन तत्काल गर्नुपर्ने बेला आएको छ । तर यस बिषयमा न ठूला तीन दल छलफल गर्न आएको छैन । मधेसवादी दलहरु पनि यस बिषयमा छलफल गर्ननै आएका छैनन् ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here