मधेसीको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : देउवा

33
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,११ –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसीको भावनाअनुसार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताउनु भएको छ  । नेपाली कांग्रेस कांग्रेस पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाली कांगे्रस मधेसको पार्टी भएको र मधेसी जनताको भावना अनुसार मधेसीलाई अधिकार सम्पन्न बनाउन कहिल्यै पछाडी नपर्ने बताउनु भयो । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका देउवाले मधेसका जनता देशभक्त रहेको बताउँदै मधेसका जनताको अपहेलना गर्नेहरु आफै समाप्त हुने चेतावनी दिनुभयो । उहाँले सिमांकन, नागरिकता सम्बन्धी र जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने सम्बन्धमा मधेसी जनताले उठाएका माग सम्बोधन गर्ने बताउँदै अन्तरिम संविधान अुनसार नै कुनै समस्या नहुने गरी नागरिकता सम्बन्धी प्रावधान संशोधन गरिने दावी गर्नु भयो । उहाँले संविधान संशोधन प्रस्ताव पास गरेपछि स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सबै जुट्नु पर्ने कुरामा जोड दिँदै निर्वाचनका लागि इलाका अनुसार भएन भने पनि पुरानै संरचनामा निर्वाचन गरिनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।  सभापति देउवाले मधेसको र वीरगञ्जको विकासका लागि हुलाकी सडक परियोजना, चिनी मिल सञ्चालन र कृषि औजार कारखाना सञ्चालनका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो  । उहाँले सबै तहका निर्वाचन पछि मात्रै मुलुकले शान्ति, स्थायित्व, सम्बृद्धि र विकास प्राप्त गर्ने बताउनु भयो । कार्यक्रममा सिँचाइ मन्त्री दिपक गिरीले जनभावना अनुरुप संविधान संशोधन प्रस्ताव सरकारले संसदमा पेश गर्न लागेको बताउनु भयो । नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, अजय चौरसिया, रमेश रिजाल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी अध्यक्ष देउवालाई ५१ किलोको फूलको माला लगाएर स्वागत गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here