मधेसी मोर्चाले बैठक बोलायो

25
Want create site? Find Free WordPress Themes and plugins.

२६ फागुन, काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीति तय गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बिहीबार बस्ने भएको छ । बैठक तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बस्नेछ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएलगत्तै बस्न लागेको मोर्चाको बैठकलाई चासोका साथ हेरिएको थियो ।

सदभावना पार्टीका महासचिव मनिस सुमनले बैठकमा जारी आन्दोलनका नयाँ कार्यक्रमलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर दवावमुलक आन्दोलन सुरु गर्दैछ । बिहीबारको बैठकले ज्ञापनपत्रको भाषासमेत टुंगो लगाउने सदभावनाका महासचिव सुमनले जानकारी दिए ।

मोर्चाले आगामी ५ चैतमा मधेसका जिल्लाहरुमा विरोध सभा गर्ने र एक घण्टासम्म मधेस आन्दोलनका नाराहरु लगाउनेलगायतका कार्यक्रम गर्ने घोषणा गरेको छ । यसैगरी होलिको दिन संविधानमा हस्ताक्षर गर्ने सांसदहरुको सामूहिक पुत्लादहन गर्ने कार्यक्रम पनि मोर्चाले तय गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here