मध्यबिन्दुमा बस दुर्घटना, एक जनाको मृत्यु, ५ घाइते

37
Want create site? Find Free WordPress Themes and plugins.

असोज १० – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा सोमबार दिउँसो रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकजनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । बारा तेराकट्टी–९ का २३ वर्षका सविन शर्माको घटनास्थलमै ज्यान गएको छ । इलाका प्रहरी कार्यालय नवलपुरको अनुसार नारायणघाटबाट बुटवल गइरहेको लु १ ख ६९३३ नम्बरको बस रोकिराखेको ना ४ ख ५०१० नम्बरको ट्रकमा ठोक्किएको हो । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here