मनहरीमा सामुदायीक कचहरी नाटक

16
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१०-

मनहरी गाउँपालिकाको मनहरी बजारमा मंगलबार सामुदायीक कचहरी नाटक प्रस्तुत गरिएको छ । विपद् जोखिम न्युनिकरण,बेचविखन तथा असुरक्षित स्थानागमनको बारेमा चेतना जगाउने उद्धेश्यले ‘वुद्धिमानी छोरी’ शिर्षकको नाटक मञ्चन गरिएको हो । युनिसेफको आर्थिक तथा प्र्राविधिक सहयोग,एटविनको साझेदारीता तथा नारी सीप सृजना केन्द्र मकवानपुरको आयोजनामा संचालित ‘भुकम्प प्रभावित समुदायको पुनःलाभ तथा प्रतिरोध क्षमता प्रर्वद्धनका लागी संचार तथा सामाजिक परिचालन’ परियोजना अन्र्तगत सामुदायीक कचहरी नाटक प्रस्तुत गरिएको हो ।

नाटक हेर्नका लागि मनहरी बजारका अलावा काँकडा,राक्सिराङ लगायतका भेगका बजार आउने १ सय जनाभन्दा बढि दर्शक श्रोतको सहभागिता रहेको थियो । कचहरी नाटक प्रस्तुती कार्यक्रममा नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक अनोज खड्का तथा C4D प्रोजेक्ट कोर्डिनेटर मान बहादुर वाईबाको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन सामुदायीक कार्यकर्ता बिमला लामिछानेले गरेकी थिईन्

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here