मनहरी गाउँपालिकाको प्रथम गाउँपरिषद मंगलबार सकियो,मनहरीको विकासका लागि ४० करोड २५ लाख

143
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२४-
असारको तेस्रो साताबाट सुरु भएको मनहरी गाउँपालिकाको प्रथम गाउँपरिषद मंगलबार सकिएको छ ।  गाउँपरिषदको समापन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बजेट कार्यान्वयनका लागि एकढिक्का र दृढ भएर लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । उनले आफूहरुमाथि ठूलो जिम्मेवारी प्राप्त भएको भन्दै यसलाई सदुपयोग गरेर लोकप्रिय हुन अनुरोध गरे । उप्रेतीले जिम्मेवारी, अधिकारसँगै चुनौति पनि रहेकाले बजेट कार्यान्वयनका क्रममा कुनै गडबडी नगर्न र राजनीतिकरण नगर्न वडा अध्यक्ष र सदस्यहरुलाई आग्रह गरे । ‘म पनि पार्टी बिर्सन्छु, तपाईहरु पनि पार्टी बिर्सेर अघि बढ्नोस्’, अध्यक्ष उप्रेतीले भने–‘प्राप्त मतको आधारमा योजना सञ्चालन गर्ने काम नगर्नुहोस् ।’

परिषदमा उपाध्यक्ष मनिला बिष्टले ४० करोड २५ लाख ४६ हजार रुपियाँको बजेट र योजना शीर्षकहरु प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको बजेट कार्यपालिकामा छलफल भएर आएको बजेट हो । ९ वटै वडाहरुबाट संकलित योजनाहरुलाई कार्यपालिकाले अनुमोदन गरी गाउँपरिषदमा पेस गरेको हो । जस अनुसार नेपाल सरकार ससर्त अनुदानतर्फ १० करोड ९० लाख ४८ हजार, सामाजिक सुरक्षा अनुदान ५ करोड, चालु खर्चमा २ करोड ९६ लाख ९८ हजार बिनियोजित छ । त्यसैगरी पुँजीगत खर्चतर्फ  १३ करोड १३ लाख, सामाजिक विकासमा ५ करोड ६३ हजार, आर्थिक विकासमा ८६ लाख  ६७ हजार, वातावरण सुधारमा १ करोड १४ लाख र संस्थागत क्षमता विकासमा ९८ लाख  रुपियाँ बिनियोजन भएको छ । साथै परिषदले प्राकृतिक स्रोत उपयोग सहयोग शुल्क, मालपोत दस्तुर लगायत राजश्व संकलनका सम्बन्धमा पनि निर्णयहरु गरेको छ । बिनियोजित बजेटको कार्यान्वयन चालू आर्थिक बर्षमै हुनेछ ।

परिषदले साना–ठूला गरी १०९ वटा सडक निर्माण तथा स्ल्याब ढलानका योजनाहरु निर्माण गर्ने र यसका लागि मात्रै ७ करोड ९५ लाख रुपियाँ बिनियोजन गरेको छ । सडक र बाटोहरुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको हो । हरेक वडाबाट स्ल्याब ढलानका योजनाहरु आएको र ती योजनाहरुलाई प्राथमिकतामा राखी पारित गरिएको अध्यक्ष उप्रेतीले जनाए । त्यसैगरी खानेपानी योजनाका निम्ति १ करोड ७३ लाख ८० हजार बिनियोजन भएको छ । खानेपानी योजना अन्तर्गत ९ वटै वडामा गरी ५९ वटा योजनाहरु पारित भएका छन् । त्यसैगरी सिंचाईका सलागि ९४ लाख २० हजार रुपियाँ बिनियोजन गरिएको छ । सिंचाई योजना सञ्चालनका लागि १६ वटा योजनाहरु पास भएका छन् । जनजाति शीर्षकमा २७ लाख ७० हजार रुपियाँ बिनियोजन भएका छन् । यस अन्तर्गत सचेतनामूलक कार्यक्रम र निर्माण कार्यक्रम दुबै हुने जनाइएको छ । जनजाति शीर्षकमा १० वटा योजना तथा कार्यक्रमहरु सञ्चालन हुनेछन् । संस्कृति प्रवद्र्धन, गुम्बा, मठमन्दिर निर्माण र सभा समारोहका लागि ५९ लाख बिनियोजन भएको छ । यस अन्तर्गत २३ वटा कार्यक्रम तथा योजनाहरु चालू आर्थिक बर्षमा सञ्चालन हुनेछन् ।

त्यसैगरी स्वास्थ्यतर्फ ५१ लाख बिनियोजन भएकामा ६ वटा कार्यक्रमहरु राखिएका छन् । शिक्षातर्फ १ करोड २३ लाख बिनियोजित छ । यस अन्तर्गत २९ वटा योजनाहरु सञ्चालन गरिनेछ गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिकहरुका लागि दुईवटा कार्यक्रम चलाउनका लागि ६ लाख रुपियाँ, अपांग भएकाहरुका लागि १२ लाख रुपियाँ बिनियोजित भएकामा ८ वटा कार्यक्रमहरु सञ्चालन हुनेछन् । दलिततर्फ ८ लाख रुपियाँ बिनियोजित छ । यसबाट ८ वटा कार्यक्रम चलाइनेछ । बालबालिकामा १५ लाख रुपियाँ बिनियोजित भएकामा ९ वटा कार्यक्रम सञ्चालन हुनेछन् । महिलातर्फ ३४ लाख बिनियोजित भएकामा ११ वटा योजनाहरु सञ्चालन गरिनेछ । त्यसैगरी कृषि र पशुपालनतर्फ ७२ लाख छुट्याइएकामा  १८ वटा कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

विद्युतीकरणतर्फ ८० लाख बिनियोजन गरिएको छ । त्यसबाट २० वटा योजना कार्यान्वयनमा जानेछन् ।त्यसैगरी वन वातावरण बस्ती संरक्षण र विपद व्यवस्थापनतर्फ ९३ लाख ५० हजार बिनियोजन भएसँगै समुदायमा ३२ वटा योजना सञ्चालन हुनेछन् । सहकारी तर्फ २१ लाख बिनियोजन गरिएको छ । यसबाट १० वटा योजना सञ्चालनमा आउनेछन् । भवन पूर्वाधारतर्फ एक करोड ८२ लाख ३० हजार बिनियोजन भएको छ । खेलकुदतर्फ २९ लाख बिनियोजन गरिएको छ । पर्यटनमा ९३ लाख ५० हजार, संस्थागत क्षमता विकास, सुशासन, सेवा प्रवाह र बजार व्यवस्थापनमा ८५ लाख, बस्तुगत सहायतामा ५० लाख, अन्य विभिन्न कोषमा ७५ लाख, मुस्लिम तथा विपन्न समुदायका लागि ६ लाख,सरसफाईतर्फ ११ लाख ५० हजार रुपियाँ बिनियोजन भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here