मनाङमा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु, १० घाइते

11
Want create site? Find Free WordPress Themes and plugins.

 भदौ,२०–

मनाङमा मंगलबार दिउँसो जिप दुर्घटना भएको छ । मनाङका स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य १० जना यात्रु घाइते भएका छन् । मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङका लागि छुटेको एक बोलेरो जिप मंगलबार दिउँसो साढे ३ बजेतिर भ्रातामाङ नजिकैको भीरमा दुर्घटना भएको हो । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको पनि परियारले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल मनाङ लगिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको चालकले बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here