मन्त्रालय बाँडफाँडमा सहमति जुटेन, बुधबार फेरि छलफल गर्ने

31
Want create site? Find Free WordPress Themes and plugins.

साउन,३-

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडकाबारेमा मंगलबार पनि सहमति जुट्न सकेन । लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि सरकारबाटै बाहिरिने संकेत गरेको नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ छलफल गरेका थिए ।  मंगलबारको बैठकमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद बिस्तारका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको वैठकमा सहभागी नेताहरुले बताए । थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्नेमा नेताहरु सहमत भएका छन् । यसका लागि बुधबार पुनः  पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, नेताहरु वर्षामान पुन ‘अनन्त’, बिमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए । गत जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको नेृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो । जसका कांग्रेसबाट एक उपप्रधानमन्त्रीसहित चार, माओवादी केन्द्रबाट एक उपप्रधानमन्त्रीसहित तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक उपप्रधानमन्त्री सरकारमा छन् । 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here