मलाई त उहाँको अभिनय निकै मन पर्‍यो शिल्पा पोख्रेल

189
Want create site? Find Free WordPress Themes and plugins.

चलचित्रमा काम गर्नुअघि नायक आर्यन सिग्देलको फ्यान थिइन् शिल्पा पोखरेल । जतिवेला उनी म्युजिक भिडियोमा ब्यस्त थिईन् उनलाई चलचित्रका कलाकार ठूला लाग्थ्यो । त्यसमाथि आर्यन सिग्देललाई सुपरस्टार देखेकी थिइन् ।

‘आर्यनसँग काम गर्न पाए कति रमाईलो हुन्थ्यो होला ? पटक पटक सोचेकी थिइन् । पहिलो पटक आर्यन अभिनित चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ आमासँग हलमै गएर हेरेकी शिल्पा त्यसपछि आर्यनको झन् ठूलो फ्यान भइन् ।

‘मलाई त उहाँको अभिनय निकै मन पर्‍यो । उहाँको कुनै पनि चलचित्र छुटाइन अहिले पनि आर्यनको चलचित्रलाई विषेश प्राथमिकता दिने गरेकी छिन् ।

पहिलो भेटमा खुसी, संवाद बोल्दा नर्भस
‘केही चलचित्रमा अभिनय गरिसकेका नायिकाका लागि आर्यनसँग चलचित्र नखेल्दा गाह्रो नहोला । तर, डेब्यू नै आर्यनसँग होला भनेर मैलो सोचेकी थिइन् ।’ शिल्पाले संझिइन्-‘नमस्ते नेपालको ब्यानरमा बन्ने ‘लज्जा’ मा मुख्य भुमिकामा अनुबन्धित हुँदा जति खुसी थिएँ त्यो भन्दा धेरै खुसी आर्यनको नायिका बन्दा लागेको थियो ।’

नमस्ते नेपालमै उनको वर्कसप चल्दै थियो । आर्यन आए, निकै खुसी भएर कुरा गरिन् । ‘आफुलाई मन पर्ने हिरोसँग काम गर्न पाउँदा म त मख्खै परें, मज्जाले कुरा गरें ।’ पहिलो भेटको सम्झना गरिन् शिल्पाले ।

मन परेको हिरोसँग काम गर्दा निकै सजिलो हुन्छ होला । यहि सोचेकी शिल्पाले पहिलो सटमै टेक खाईन् । उनी भन्छिन्- ‘उहाँको अगाडी संवाद बोल्न लाग्दा त अनुहारै रातो पिरो भयो । केही बोल्नै सकिन ।’

उनी नर्भस भएको कुरो निर्देशन नवल नेपालले थाह पाइहाले । एकान्तमा लगेर सम्झाए । ‘तिमी यो चलचित्रमा आर्यनकी नायिका होईनौं । तिमी त पार्वती हौ, दयाकी प्रेमिका । निर्देशकले यति भनेपछ आफुलाई पार्वती सम्झेर काम गरेको शिल्पाको भनाई छ ।

त्यसपछि अलि सहज भयो । काम सम्पन्न गरिन् । पछि चलचित्र हेरेर आर्यनले बधाई दिए, ‘ल राम्रो गरिछौ ।’

निरुतालाई प्रश्न गर्नु छ
निरुता सिंह अभिनित ‘दर्पण छाँया’ हेरेपछि निरुताको फ्यान बनेकी शिल्पाले उनी अभिनित अन्य फिल्म युटुब मार्फत हेरिन् । उनलाई अहिले पनि लाग्छ निरुता सिंह पर्फ]{ट नायिका हुन् ।

एउटा कुरामा उनलाई दुःख लागेको छ । निरुताले किन नेपाली चलचित्र क्षेत्रलाई चटक्कै छाडेर गइन् । भेट भएको दिन निरुतालाई पहिलो प्रश्नको रुपमा शिल्पाले ‘दिदी नेपाली चलचित्रलाई किन चटक्कै माया मार्नु भएको ?’ भनेर सोध्ने बताइन् ।

अर्की नायिका नम्रता श्रेष्ठको अभिनयवाट पनि उनी प्रभावित छिन् । नम्रतासँग भने केही पटक भेट भइसकेको छ उनको ।

‘कल गल’को रोल मेरो सपना
‘कल गल’को भुमिका सबै भन्दा चुनौतिपूर्ण हुन्छ भन्ने लाग्छ उनलाई । यो मात्रै एउटा यस्तो भुमिका हो जुन विषयमा रिसर्च गर्न निकै गार्‍हो हुन्छ नायिकालाई । संयोगले पहिलो चलचित्रमै उनले ‘कल गल’को भूमिका निर्वाह गरिन् । उनलाई अझै चाहना छ ‘यो भन्दा पनि बेजोड चरित्र निर्वाह गर्न सकौं ।

चार चलचित्र छाडिन्
चलचित्रमा अभिनय सुरु गरेपछि म्युजिक भिडियो यात्रामा लगभग पूर्णबिराम लागेको छ । चलचित्र खेल्नुअघि सबै भन्दा पहिला स्टोरी सुन्छिन् । स्टोरी चित्त बुझेन भने बहाना बनाईहाल्छिन् ‘तपाइको चलचित्रको यो पात्रलाई मैले न्याय गर्न सक्दिन कि ।’ त्यहि कारण देखाउदै चार चलचित्र रिजेक्ट गरेकी शिल्पा काम गर्नु अघि ब्यानर र निर्देशकलाई समेत ध्यान दिन्छिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here