मलेसिया तथा मध्यपूर्व एसियाका देशहरूमा रहेका नेपालीहरूलार्इ राहदानी शुल्क घट्यो

63
Want create site? Find Free WordPress Themes and plugins.

१६ भदौ,

सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरूमा रहेका नेपालीहरूलार्इ राहदानी शुल्क घटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको हो । यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए ।  त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो । वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here