महत्वपूर्ण विषयमा छलफलका लागि केन्द्रीय समिति बैठक बोलाउन पौडेल पक्षको माग

29
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS
Want create site? Find Free WordPress Themes and plugins.

असोज,९ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले महत्वपूर्ण विषयमा छलफल गरी पार्टीको धारणा बनाउन तत्काल केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरेको छ । पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बसेको पौडेल पक्षीय नेताको बैठकले संविधान संशोधन, स्थानीय निकाय पुनर्सरचनामा पार्टीको आधिकारिक धारणा बनाउन तथा सरकार सञ्चालन र पार्टीभित्रको आन्तरिक ब्यवस्थापानका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने निर्णय गरेको नेता बलवहादुर केशीले जानकारी दिनुभयो । संविधान संशोधनका बारेमा पार्टीभित्र आधिकारिक रुपमा कुनै जानकारी नभएको, स्थानीय निकायको पुनर्सरचनाका लागि के केलाई आधार मान्ने र कति संख्या हुनुपर्ने लगायत विषयमा पार्टीको धारणा बनाउन अत्यावश्यक रहेकाले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको नेता केसीले बताउनुभयो । त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्नेमा पनि नेताहरुले जोड दिएका थिए । बैठकमा कात्तिकमा हुने तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको थियो । बैठकमा सहभागि पौडेल पक्षका नेताले तरुण दलको महाधिवेशनमा पनि नेविसंघ र नेपाल महिला संघको महाधिवेशनमा जस्तै पराजित हुने अवस्था आउन नदिन अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल भएको नेताहरुले बताएका थिए । बैठकमा कांग्रेस नेता नेता पौडेलसहित, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेता एवं केन्द्रीय सदस्य र सांसद उपस्थित हुनुहुन्थ्यो । – रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here