महाअभियोग प्रस्ताव अघि बढाउन माग गर्दै प्रदर्शन

44
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ५ – अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउन माग गर्दै विद्यार्थीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलसँग आवद्ध विद्यार्थीले कार्कीलाई कारवाही गर्नका लागि दलहरुलाई दवाब दिन प्रदर्शन गरेका हुन् । उनीहरुले महाअभियोग प्रस्ताव तत्काल पारित गर्न माग गरेका छन् । कार्कीलाई कारवाहीको माग गर्दै शनिबार सबै दलका शीर्ष नेतालाई भेट्ने र आइतबार सभा गर्ने निर्णय समेत संयुक्त विद्यार्थी आन्दोलनले गरेको नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जानकारी दिनुभयो । यस्तै डाक्टर गोबिन्द केसीको मागमा समर्थन जनाउने विबेकशिल नेपालीलगायतको समूहले पनि कार्कीलाई कारवाही गर्न माग गर्दौ शनिबार काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here