महाअभियोग बारे कांग्रेसले भोलि अन्य दलसँग छलफल गर्ने

40
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा नेपाली कांग्रेसले शनिबार अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महाअभियोग प्रस्तावका बारेमा अन्य दलसँग छलफल गरेर अघि बढ्न सभापति शेरबहादुर देउवालाई भनेको छ । ‘भोलि हामी अरु दलसँग छलफल गर्छौ’ बैठकपछि महामन्त्री सशांक कोइरालाले भन्नुभयो ‘त्यसपछि हाम्रो बैठक सोमबार फेरि बस्नेछ र हामी ठोस निर्णयमा पुग्छौं । शुक्रबारको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रिय सदस्यले भने महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । केहिले भने महाअभियोग लगाउँदा राजनीतिक असर देखिने भन्दै सोच बिचार गरेर मात्र अघि बढ्नु पर्नेमा जोड दिएका छन् । बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले कार्कीले अख्तियारमा बसेर गलत काम गरेकोमा शंका नरहे पनि उहाँ विरुद्धको महाअधियोगको प्रस्ताव खेलाईँचीका साथ आएको टिप्पणी गर्नुभयो । महाअभियोगको विषय गम्भीर रहेको भन्दै यसमा प्रर्याप्त छलफल गरेर अघि बढ्नु पर्ने धारणा आफूले राखेको कोइरालाले पत्रकारलाई जानकारी दिनुभयो । बैठकमा कोइरालासहित, मोहनबहादुर बस्नेत, दिलेन्द्रप्रसाद बडू, आनन्तप्रसाद ढुंगाना, फरमुल्ला मन्सुरलगायतका नेताले आफ्नो धारण राख्नु भएको छ । कांग्रेसका युवा नेताले भने एमाले र माओवादी केन्द्रका सांसदले लोकमान विरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित गराउनुपर्नेमा जोड दिएका छन् । सभापति शेरबहादुर देउवाले भने सबैको बिचार सुनेर पार्टीको धारणा बनाउने बताउनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here