महिला एसिया कप : पाकिस्तानको सामना गर्दै नेपाल

108
Want create site? Find Free WordPress Themes and plugins.

मङ्सिर,११

नेपालले टी–२० महिला एसिया कपअन्तर्गत शनिबार बलियो टोली मानिएको पाकिस्तानसँग भिड्दैछ । थाइल्याण्डको बैंककमा नेपाली समयअनुसार दिउँसो १२ः४५ मा खेल शुरु हुनेछ । गत असोजमा भएको आइसिसी महिला विश्वकपअन्तर्गत एसिया छनौटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्ने मौका पाएको हो । यसअघि पाकिस्तानसँग भएको दुईवटा भिडन्तमा नेपाल पराजित भएको छ । नेपालले एसिय कप दोस्रो पटक खेलिरहेको हो । प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेका छन् । नेपालसहित पाकिस्तान, भारत, बंगालदेश, श्रीलंका र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । नेपालले दोस्रो खेलमा मंङ्सिर १३ मा श्रीलंकासँग सामना गर्नेछ भने त्यसपछि मङ्सिर १४ मा बंगालदेश, १६ मा थाइल्याण्ड र १७ मा भारतको सामना गर्नेछ । राउण्ड रोबिनको आधारमा खेलाइने यो प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिको लागि भिडन्त हुनेछ । आज पहिलो खेलमा अहिले भारत र बंगलादेश भिडिरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here