महोत्तरी र धुनुषामा हतियारसहित ४ जना पक्राउ

9
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१९-

महोत्तरी र धनुषाको छुट्टाछुट्टै स्थानबाट विभिन्न हतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिवासबाट ४ थान हतियारसहित ३ जना र धनुषाको ढल्केबरबाट एउटा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका हुन् । महोत्तरीको बर्दिवासबाट पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बासुदेव झाले बताए ।

ढल्केबरबाट हतियारसहित पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नं. ५ का २२ वर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्ग रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल र आरपी ३०३ लेखिएको गोली एक राउण्ड बरामद गरेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीको टोलीले घिसिङ्गमाथि शंका लागेपछि चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here