माइतीघरका निर्देशक थापाको निधन

103
Want create site? Find Free WordPress Themes and plugins.

साउन २५ – चलचित्र निर्देशक बीएस थापाको निधन भएको छ । चलचित्र माइतीघर, कान्छी र मायाप्रीतिका निर्देशक थापाको ९३ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

भारतको देहरादुनमा जन्मिएका थापा मुम्बईमा कान्छी श्रीमतीसँग बस्दै आउनुभएको थियो । उहाँको मुम्बईमा नै अन्त्येष्टि गरिने छ ।

नेपालमा निजी क्षेत्रबाट २०२३ सालमा बनेको माइतीघर चलचित्रमा पटकथा र संवाद पनि थापाको नै थियो । चलचित्रको सुटिङ भएको ठाउँलाई पछि माइतीघर नामाकरण नै गरिएको थियो । जुन अहिले पनि माइतीघरका रुपमा चिनिन्छ ।

उहाँले हिन्दी चलचित्र लक्ष्मी, चरणदास, हिमालय से उँच, मनजीत जगजीतलगायत चलचित्र पनि निर्देशन गर्नुभएको छ । उहाँले सुनिल दत्तको सहायकको रुपमा चलचित्रको निर्देशन क्षेत्रमा प्रवेश गर्नुभएको थियो । थापाले अंग्रेजी साहित्यमा मास्टर्स र कानुन संकायमा एलएलबी गर्नुभएको थियो ।

उहाँकी छोरी डली थापाले पनि नेपाली चलचित्रमा काम गर्नुभएको छ । थापाले सिपी लोहनी, शर्मिला मल्ल, यादव खरेल, रबिन्द्र खड्कालगायतलाई चलचित्र क्षेत्रमा प्रवेश गराउनु भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here