माइती नेपालद्वारा ३ खेलाडी सम्मानित

45
Want create site? Find Free WordPress Themes and plugins.

२३ फागुन, काठमाडौं । खेलकुदका माध्यमबाट राष्ट्रको गरिमा वृद्धिमा अतुलनीय योगदान गरेका खेलकुद क्षेत्रका तीन अग्रणी महिला खेलाडीलाई मानव बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपालले सम्मान गरेको छ ।

माइती नेपालको कार्यालयमा आयोजित कार्यक्रममा कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्य, जुडो खेलाडी देवु थापा र फुटबल खेलाडी तुलसा सिंह सम्मानित भएका हुन् ।

एक सय छैटौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संस्थाकी संस्थापक अनुराधा कोईराला लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख दमननाथ ढुंगानाले महिला सशक्तीकरणका निम्ति सरकार नै लाग्नुपर्ने बताए ।

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले महिला समानताका लागि छोरासरह छोरीलाई पनि शिक्षादीक्षा दिन अभिभावक लाग्नुपर्ने बताइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here