मानव बेचबिखनमा परेकाका लागि हटलाइन सेवा

21
Want create site? Find Free WordPress Themes and plugins.

१० फागुन, काठमाडौं । मानव बेचबिखनमा परी विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने उद्देश्यले महानगरीय अपराध महाशाखा टेकुले हटलाइन सेवा सुरु गरेको छ ।

नेपाल दूरसञ्चार कम्पनीसँगको सहकार्यमा महाशाखाले मानव बेचबिखन तथा उक्त कार्यको अनुसन्धानमा सहजता ल्याउन ११७७ नंको हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो ।

महाशाखाका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार विदेशमा बेचबिखनमा परी अलपत्र भएकाको उद्धार, विदेशमा बसी मानव बेचबिखनमा संलग्न हुनेलाई पक्राउ र विदेशमा बसी नेपालमा ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सक्ने प्रयोजनका साथ हटलाइन सेवा सुरु भएको हो । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here