मानव सेवा आश्रम:हेटौडालाई मानवीय शहर बनाउने योजना

171
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २ – मकवानपुरको हेटौडालाई मानवीय शहरको रुपमा विकास गर्न हेटौडाको मानव सेवा आश्रम लागि परेको छ । सडक, तथा मठ मन्दिर, चौतारा लगायतका स्थानमा मानसिक सन्तुलन गुमाएका तथा बेवारिसे व्यक्तिलाई मानवीय रुपमा आश्रममा ल्याएपछि हेटौडालाई मानवीय सहरको रुपमा घोषणा गरिने भएको हो । हेटौडालाई मानवीय शहरको रुपमा घोषणा गर्नका लागि दुई वर्षअघि नै हेटौडा उप–महानगरपालिकाको २० औँ नगरपरिषदले योजना पास गरिसकेकोले त्यही अनुसार काम गर्न लागिएको मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले बताउनुभयो । मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखिनै सडकमा अलपत्र परेका र मानसिक सन्तुलन गुमाएकालाई बस्नका लागि आश्रय दिन थालेको हो । हेटौडालाई मानवीय सहर बनाउनका लागि आफूहरुले परिषदबाटनै पास गरेको हेटौडा उप–महानगरपालिकाका शहरी विकास महाशाखाका प्रबन्धक बिके महर्जनले बतानुभयो । यहि आर्थिक वर्षमा नै मकवानपुर जिल्लालाई मानवीय सहर घोषणा गर्ने तयारीका साथ काम भइरहेको आश्रमका  प्रमुख रामजी अधिकारीले बताउनुभयो । स्थानीय सरकार तथा सम्बन्धित निकाय, नागरिक समाज, विभिन्न संघसंस्थाको समन्वयमा मकवानपुरको हेटौडालाई मानवीय सहर घोषणा गर्न आवश्यक पूर्वाधारको विकास गराई घोषणा सभाको तयारी गर्ने गरि सरकारी निकायबाट पनि काम थालिएको छ । विभिन्न दश जिल्लामा आश्रमको सेवा विस्तार गरी सडक पेटीमा जीवनयापन गरिरहेकालाई आश्रय दिई विस्तारै नेपाललाई नै मानवीय घोषण गर्ने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । देशका ७५ वटै जिल्लाका बासिन्दा माझ सेमिनार र सडक मानव व्यवस्थापनका लागि सरोकारवाला निकायहरुको भूमिका र गर्न सकिने प्रयास विषयक विचार–विमर्श कार्यक्रमहरु सञ्चालन गरेर सबैलाई मानवीयताको बारेमा जानकारी गराउने लक्ष राखिएको आश्रमका अभियन्ता होमनाथ तिमल्सिनाले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here